राजनीति

इन्द्रजात्रा विश्वव्यापी बनाउन खोजेका छौं: मेयर साह



काठमाडौँ, २२ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रालाई विश्वव्यापी बनाउने बताएका छन् ।

आज इन्द्रजात्रा सुरु भएको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै मेयर बालेनले विश्वव्यापी रुपमा इन्द्रजात्रालाई चिनाउन खोजेको र महानगरले त्यहि अनुसार अन्तर्राष्ट्रियस्तरका नगरप्रमुखहरुलाई बोलाएको बताए ।

उनले इन्द्रजात्राको लागि व्यवस्थापन समितिबाट काम भइरहेको भन्दै सबै तयारी लगभग पूरा भएको जानकारी दिएका छन् । मेयर बालेनले इन्द्रजात्रा काठमाडौं उपत्यकामा मात्र सिमित रहेको भन्दै यसलाई पूरै देशले अपनत्व गर्ने बनाउनु पर्ने बताए ।