राजनीति

कार्यदलको बैठक बस्दै : आजै प्रतिवेदन शीर्ष नेतालाई बुझाइने



काठमाडौँ, २३ भदौ । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो ।

प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने भएको छ । सिट बाँडफाँट करिब–करिब टुंगिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि संख्या सार्वजनिक गरिने बताइएको छ ।