काठमाण्डौ,२४ भदौ । केही दिन अघि बागमती प्रदेशका कांग्रेसका सभापतिहरुले वालुवाटारमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर रुखमा भोट हाल्न पाउनु पर्ने माग राखेको समाचार वाहिरियो । कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीका केन्द्रीय सभापति देउवालाई आगामी निर्वाचानमा जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशमा रुखमा भोट हाल्न पाउनु पर्ने माग राखे । कांग्रेसका सभापतिहरुले निर्वाचनमा रुखमा भोट हाल्न पाउनु पर्ने माग देउवा समक्ष राखेको कुरा त्यो समाचार बन्यो ।
गठबन्धन सीट वाडफाँडका कारण सकसमा रहेको बेला जिल्ला सभापतिहरुले राखेको त्यो माग देउवाले पूरा गर्लान वा नगर्लान त्यो हेर्नेका लागि गठबन्धनको अन्तिम लिष्ट सार्वजनिक हुनुपर्छ नै । पार्टी सभापतिहरुले केन्द्रमा गठबन्धन गर्दा आफ्नो सिगो जिल्ला नै केन्द्रीय नेतृत्वले निर्वाचनमा रुख विहीन बनाउने पो होकि भनेर चिन्ता जाहेर गरेको कुराले कांग्रेसका नेताहरुलाई नै गम्भीर बनाएको कांग्रेसका एक जिल्ला सभापतिले वताए । ती नेताहरुका अनुसार – आगामी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जाँदा कुनै जिल्लाको सिगो भूगोल नै आफ्नो पार्टी वाहेक अर्को गठबन्धन दलको पार्टीको चिन्ह्रमा भोट माग्दै हिड्नु प¥यो भने त्यसले जिल्लामा पार्टी सगठन कमजोर हुने तर्क गर्छन । ती नेताका अनुसार बागमती प्रदेशका जिल्ला सभापतिहरुले गठबन्धनको अन्तिम लिष्ट आउँदा आफूहरुको जिल्ला रुख विहीन नहोस भनेर बेलैमा पार्टी सभापतिलाई भेटेको बताउँछन ।
सभापति देउवाले जिल्ला सभापतिहरुले आफूलाई भेटेर लिखित रुपमा नै दिएको सुझाव गठबन्धनको लिष्ट फाइनल गर्दा कतिको मनन गर्छन,त्यो पार्टी सभापति देउवामा नै भर पर्ने काग्रेसका ती जिल्ला सभापतिले वताए । उनले भने– यदी हामीले दिएको रुख विहीन जिल्ला बनाएर गठबन्धन नगर्न दिएको सुझाव सभापतिले खल्तीमै ्मात्र राखे भने त्यसले कांग्रेसको हित त गर्देननै, पछि जिल्लामा हामीलाई पार्टीको संगठन गर्न समेत गाह्रो हुन्छ ।
गएको बिहीबार बिहान जिल्ला सभापतिहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सबै ठाउँका मतदाताले प्रत्यक्षतर्फ नै रुख चुनाव चिह्नमा मतदान गर्न पाउनुपर्ने माग गरेका हुन् । सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा सिटको बाँडफाँट हुने र कतिपय सिट अन्य पार्टीहरुलाई दिनुपर्ने अवस्था रहेकोमा कांग्रेस सभापतिहरुले संघ नपाए सम्बन्धित संघीय क्षेत्रका दुवै प्रदेशसभा क्षेत्र कांग्रेसले राखेर सिटको बाँडफाँट हुनुपर्ने माग गरेका हुन् ।
गठबन्धन हुँदा कांग्रेसले चितवन ३, धादिङ १, सिन्धुपाल्चोक १, काभ्रे १, काठमाडौँ २, काठमाडौँ ८, रामेछाप, मकवानपुर १, नुवाकोट १ र ललितपुर १ अन्य दललाई छोड्नुपर्ने अवस्था छ । जिल्ला सभापतिहरुले ती क्षेत्रमा संघमा गठबन्धनका अन्य दलबाट उम्मेदवार भए प्रदेशका दुवै क्षेत्र काग्रेसले आफ्नो भागमा राख्नुपर्ने माग गरेका छन् । वाग्मती प्रदेशमा प्रतिनिधिसभाका ३३ र प्रदेशसभाका ६६ निर्वाचन क्षेत्र छन् ।










प्रतिक्रिया दिनुहोस्