समाचार

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



काठमाडौँ, २४ भदौ । काठमाडौँको कलंकीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् ।

प्रहरीका अनुसार गएराति प्रदेश ३ ०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकिराखेको वाग्मती प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएदा मोटरसाइकल चालक काठमाडौं वसन्तपुरका ३१ वर्षीय सुनोजमान डंगोल र पछाडि सवार ललितपुरको बाडेगाउँका २२ वर्षीय अभिषेक मर्हजन गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा चालक डंगोलको मृत्यु भएको प्रहरीले जनाइएको छ । दुवै सवारीसाधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।