राजनीति

पूर्वराजा ज्ञानेन्द्रद्वारा एलिजाबेथ द्वितीयाको निधनप्रति शोक व्यक्त



काठमाडौं, २४ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति शोक व्यक्त गरेका छन् ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको बिहीबार निधन भएको थियो । पूर्वराजा शाहका संवाद सचिव डा. फणिराज पाठकले विज्ञप्ति जारी गर्दै उनको निधनले दुःख लागेको बताएका छन् ।

विज्ञप्तिमा भनीएको छ, “निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ । स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिवक्सेको कुरा सदा स्मरणीय छ । साथै नेपालप्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ, “नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेटवार्तालाई गहनतम प्राथमिकता दिएका छौँ ।”