राजनीति

भक्तपुरमा दर्जनौं युवा एमालेमा प्रवेश



भक्तपुर, २४ भदौ । मंसिर ४ गतेको संघ तथा प्रदेशको निर्वाचनको संघारमा एमालेमा पार्टी प्रवेश गर्नेको लर्को नै लाग्न थालेको छ । देशैभर पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमालेमा हजारौं युवाहरु प्रवेश गरिरहेका छन् ।

यसै सन्दर्भमा आज भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघ बागमती प्रदेश कमिटीको ऐतिहासिक पहिलो अधिवेशनमा दर्जनौं युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको युवा नेता तथा व्यवसायी किरण थापाको पहलमा आज चार दर्जना युवाहरु एमालेमा प्रवेश गरेका हुन् । कांग्रेस, माओवादी लगायतका ४८ जना युवाहरु एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा सूर्यविनायक नगरपालिका वडा नं ९ का युवाहरु एमालेमा प्रवेश गरेका हुन् । जिल्लाको विकास र समृद्धिको नेतृत्व एमालेको विकल्प नभएको उल्लेख गर्दै युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई एमालेका महासचिव शंकर पोखरेल, पोलिटव्युरो सदस्य महेश बस्नेत, संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, पार्टीका जिल्ला अध्यक्ष बचन देउजा तथा संघको केन्द्रीय कमिटीका पदाधिकारीहरुले अविर तथा खादा लगाएर एमालेमा प्रवेश गराउनुभयो ।

गठबन्धनका नाममा मुलुक र जनताको हित नभई आफ्नो र आफ्नो परिवारको हितमा मात्र काम गरेकाले अबको दिनमा मुलुकको नेतृत्वमा एमालेको हुनुपर्ने भन्दै उक्त युवाहरु एमालेमा प्रवेश गरेका हुन् । गठबन्धनले आफन्तवानको साथ साथै भ्रष्टाचार, अनियमितता, विभिन्न प्रकारका राष्ट्रघाती कदम, गैरकानुनी गतिविधि सैह्य नभएकाले एमाले प्रवेश गरेको नवप्रवेशी युवाहरुले उल्लेख गरेका छन् । नवप्रवेशी युवाहरुले नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा भक्तपुरको विकासले कायापल ल्याएको उल्लेख गर्दै अबको उज्वल राजनीतिक भविष्य तथा भक्तपुरको विकासमा एमालेमा रहेर जस्तोसुकै कठिन परिस्थितीलाई पनि सामना गरी अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

यो सँगै भक्तपुर क्षेत्र नं. २ मा गठबन्धनलाई दैनिक रुपमा क्षती हुँदै गएको छ भने एमालेलाई विजयी यात्राको शिखर चुम्दै गएको बुझ्न सकिन्छ ।