राजनीति

एकीकृत समाजवादीका रुपन्देही इन्चार्ज चापागाईंएमालेमा प्रवेश



बुटवल, २६ भदौ । नेकपा (एकीकृत समाजवादी)का रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईं नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष पौडेलसहितका नेताले चापागाईंलाई एमालेमा स्वागत गरेका हुन् । चापागाईं प्रेस चौतारीका पूर्वअध्यक्ष हुन् । राससका पूर्वअध्यक्ष समेत हुन् । उनी एमाले नेता घनश्याम भुसालनिकट मानिन्छन् ।