समाचार

वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर



काठमाडौँ, २७ भदौ । जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणले चुरोटले जस्तै मानव शरीरमा ट्युमर विकास गर्ने देखिएको छ ।

खनिज इन्धन बाल्दा निस्कने मानिसको रौँको मोटाइभन्दा पचासौँ गुणा साना वायु प्रदूषणका कण (पिएम २.५) फोक्सो हुँदै मानिसको रगतमा प्रवेश गर्ने र यसले जलन तथा सुजन बढाउने अध्ययनको निष्कर्ष छ । यस्ता विषाक्त कणहरू डिजेल प्रयोगबाट निस्कने धुवाँ, टायर तथा सडक धुलोबाट निस्कन्छन् । अध्ययनमा बेलायत, दक्षिण कोरिया र ताइवानका पाँच लाख मानिस सहभागी थिए ।

अध्ययनका क्रममा कहिल्यै चुरोट सेवन नगरेका बिरामीको ‘इजिएफआर’ नामक वंशाणु (जिन) मा देखिएको उत्परिवर्तनको समीक्षा तथा अध्ययन गरिएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।