समाचार

ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते



नुवाकोट, २९ भदौ । जिल्लाको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ ।

गएराति महादेवफाँटस्थित बा २० च ९४४२ नम्बरको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनीट्रकले ठक्कर दिएको जनाइएको छ ।

उनीहरूले घटनास्थलमा बसेर रातिदेखि सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म कायम छ। ठक्कर दिने बा ३ ख १६४ नम्बरको मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन् ।

चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले बताए। दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न बेवास्था गरेको जनाउँदै स्थानीयले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्‍याउने प्रयास गरेका थिए ।

घटनापछि गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । रासस