काठमाडौँ, २९ भदौ । चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका छन् ।
लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुअघि भक्तपुरमा भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिए। बुधबारदेखिनै राजनीतिक भेटघाटमा व्यस्त रहे । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्