Banner News

लोसपाका सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै



काठमाडौँ, ३० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् ।

धनुषा-२ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज ८ गते प्रवेश गराउने भएका छन् । लोसपाले अरगरियालाई सचेतकको जिम्मेवारी दिएको छ ।