Banner News

चितवन माओपादीमा पहिरोः प्रचण्डका कमाण्डर एमालेमा प्रवेश



काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई झट्का लागेको छ ।

माओवादी पार्टीका प्रभावशाली नेता यमबहादुर परियार ९इन्द्रजीत० नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्य परियार हाल चितवन जिल्ला सहइन्चार्ज छन् ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार आज एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।
परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए ।