सम्पादकीय

नदीहरुकाे ईतिहास र सभ्यता बुझेर मात्र हस्तक्षेप र ब्यबस्थापन गराैं



बागमती, रुद्रमती, ईच्छुमती र बिष्णुमती उपत्यकाका पवित्र धार्मिक नदीहरु हुन् । संधै सबेरै उठेर स्नान गरे पूण्य लाभ भई माेक्ष प्राप्ति हुन्छ । याे नदीमा दिषा, पिसाप गर्ने र ढल मिलाउने मान्छे सिधै नर्कमा जान्छ र उसलाई घाँटी सम्म ढलकै फाेहारमा डुबाएर राखिन्छ भन्ने विश्वास गरिन्थाे ।

मानिस धार्मिक थिए । अनुशासित थिए । नराम्राे कामलाई पाप र राम्राे कामलाई धर्म मान्थे । जनसंख्या सानाे थियाे । खाेला ठूला थिए । सबै सामान्य थियाे । अब्यवस्थित शहरिकरणसँगै सबै कुरा उल्टापाल्टाे भई अहिलेकाे अबस्थामा पुगाे । रुद्रमतिमा धाेवीले गुजारा चलाउन थाले । रुद्रमति धाेवी खाेला भयाे । धाेवी पनि हराए । पानी पनि सुक्याे । किनारामा अतिक्रमण भयाे । बर्षातमा पानी बग्ने ठाउँ नपुगी डुवान हुन थालाे ।

बिचरा ईच्छुमती वा तुखुचा सानाे थियाे । झन चेपुवामा पर्याे र अहिलेकाे टुकुचा बन्याे । नदीमा ढल मिसिएर फाेहाेर हुने र त्याे फाेफाेर पानीले दुरगन्ध बढ्नुका साथै आजिमाकाे शक्तिपिठ पनि ढुब्न थाले पछि पुजारी तथा किसानहरुले दरबारमा बिन्ति बिसाए पछि उत्तर ढाेका देखि कमलादी चाेक सम्म ब्यबस्थित सुरुङ बनाईयाे । याे नदी ब्यबस्थापनकाे सायद पहिलाे नमुना थियाे । दरबार र प्रज्ञा प्रतिष्ठान बीच धेरैकाे जग्गा नी थिएन । जग्गा सस्ताे थियाे ।

खाेलाकाे गन्ध नआएपछि छिमेकी नि दंग थिए । खाेला माथिकाे सार्बजिनक जग्गा क्रमस: अतिक्रमण हुँदै गयाे । अलिले सार्बजनिक जग्गा खाेज्ने सकारात्मक अभियानकाे सुरुवात भएकाे छ । सार्बजिनक जग्गा खालि गराैं । तर सुरुङ उदिन्ने काम नगराैं । ताकी काठमाडाैकाे नयाँ चेतनाले भाेली मेलम्चीका मान्छेले मेलम्चीकाे पानी खाेला मै बग्न दिनु पर्छ भनि बन्द गर्ने र बीचका मानिसले सुरुङ उदिन्ने कुरा नगरुन । कसैले रेखान्कन नमिलेर त्यति नै जग्गा छाडी अतिक्रमण गरेकाे रैछ र प्राकृतिक रुप पनि दुबै पक्षकाे मिलेकाे रैछ भने लाेकप्रिय बन्ने नाममा ताेडफाेड नगराै । सट्टाभर्ना गरि मिलान गराैं ।

कुनै संरचना खाली गराई सार्बजनिक संथान तथा सामुदायिक क्लबलाई उपयाेग गर्न दिअाैं । जनताकाे जिउधनकाे रक्षा गराैं । क्षति गर्नु परे नी न्युनतम क्षति गर्ने प्रयास गराैं । धान खेतिमा मासिएर शहर बनिसके पछि घट्टेकुलाेमा फेरि कुलाे खनेर घट्ट चलाउनु सान्दर्भिक हुँदैन । कुलाे बनाउन त खाेलामा पानी र जमिनमा खेत पनि चाहिन्छ । राजतन्त्र मासिएर गणतन्त्र आएसी बाटाे बनिसकेकाे राजकुलाे लाई राजकुलाे नै बनाएर बाटाे बन्द गर्छु भन्नु पनि अर्काे वालपन हाे । स्थानीय निकायहरुले क्षणिक आवेगमा आएर हैन बस्तुपरक भई दीर्घकालीन साेचका साथ काम गराैं ।

तेज बहादुर ढकाल