काठमाडौँ, ३१ भदौ । नेकपा एमाले सातै प्रदेशका कमिटीबाट उम्मेदवारको नाम केन्द्रमा पठाएको छ ।
एमालेका सातै प्रदेश कमिटीबाट मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस भएर आएको हो ।
निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा उम्मेदवारको नाम पुगेको एमालेले जनाएको छ । प्रदेशबाट सिफारिस भएर आएका नाम केन्द्रले छनौट गरिरहेको छ । एमालेले भदौ २० गतेसम्म उम्मेदवारको नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।
निर्वाचन आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्ने समय तय गरेको छ । यस्तै समानुपातिकतर्फका बन्द सूची असोज २ र ३ गते निर्वाचन आयोगमा बुझाउनु पर्ने छ ।










प्रतिक्रिया दिनुहोस्