काठमाडौँ, २ असोज । राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा. जागेश्वर गौतम निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा. गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सङ्घले जनाएको छ ।
उक्त सम्मेलनले उपाध्यक्षमा डा. रणजितकुमार झा, डा. नवीन पोखरेल र डा. रक्षा श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सङ्घको महासचिवमा डा. पुष्पमणि खराल, कोषाध्यक्षमा डा. सुनिल गजुरेल, सचिवमा डा. मिलन गैरे, डा. छवि पन्थी र डा. क्रिष्टिना श्रेष्ठ रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्