काठमाडौँ, ३ असोज । संविधान दिवस-२०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर सार्वजनिक गरेको छ ।
टेलिकमले ग्राहकहरूका लागि सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म लागु हुने छ । अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डाटा प्याक मात्र ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ ।
त्यसैगरी, २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक मात्र ४९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक मात्र २९४ रुपैयाँमा खरिद गर्न सकिनेछ । असोज ४ गतेसम्म मोबाइलबाट एस्ट्रिक१४१५एस्ट्रिक११ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने कम्पनीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्