भक्तपुर, ३ असोेज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एकै दिन तीन आयोजनाको उद्घाटन गर्नुभएको छ ।
आज संविधान दिवसको दिन निर्माण उपभोक्ता गाम्चा टोल सुधार संस्थाको आयोजनामा सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटमा एक विशेष कार्यक्रमका बिच नेता बस्नेतले बहुआयमिक भ्यु टावर, अनन्तलिङ्गेश्वर मन्दिर पदमार्ग तथा अनन्तलिङ् खानेपानी आयोजनाको उद्घाटन गर्नुभयो । नेता बस्नेतको प्रमुख आतिथ्यतामा विशेष अतिथि वागमती प्रदेशका संसद शसी जंग थापा, नगरप्रमुख बाशुदेव थापा, उपप्रमुख सरिता भट्टराईसहितको उपस्थितीमा उद्घाटन गरिएको हो । नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको सरकारको समयमा बागमती प्रदेश सरकारको बागमती प्रदेश परियोजना अन्तर्गत विनियोजित योजनाद्वारा विनियोजित रकमबाट निर्माण गरिएको उक्त भ्यु टावरबाट काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाहरुको साथ साथै विभिन्न हिमस्रिङ्खलाहरुको समेत अवलोकन गर्न सकिन्छ ।
कार्यक्रममा बोल्दै नेता बस्नेतले एक प्रतिशतभन्दा कम मानिसले जिल्लामा भएका विकास निर्माणका क्रममा डाहा, इश्या तथा भ्रम फैलाउने कार्य गरेता पनि ९९ प्रतिशतभन्दा बढी जनताको सहयोग र समर्थन रहेको दावी गर्नुभयो । उहाँले विकास र समृद्धिको लक्ष्यमा पुग्न हिडिएको बाटोमा आउने साना तिना काँडा आएपनि पन्छाउँदै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । कसैले विरोध गर्दैमा भक्तपुरको विकास नरोकिने उल्लेख गर्दै उहाँले एमालेको विकासको अभियान विरोधले नरोकीने स्पष्ट पार्नुभयो ।
भ्युटावरलगायतका पर्यटकीय क्षेत्रहरु मुलुकको आर्थिक विकासको मेरुदण्ड रहेको उल्लेख गर्दै उहाँले स्थानीय उत्पादन भएका बस्तुहरु पर्यटकहरुलाई विक्रि वितरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्