समाचार

गोठाटारमा गोली चल्यो



काठमाडौँ, ३ असोज । काठमाडौँको गोठाटारमा गोली चलेको छ ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।