पोखरा, ५ असोज । कास्कीको पोखरामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका २५ हेम्जा हनुमानटोलमा गएराति नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर अनियन्त्रीत भई सडकको डिभाइडरमा ठोक्किँदा चालकको मृत्यु भएको छ । स्कुटर पछाडि सवार घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका दुवलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तँनहुको व्यास नगरपालिका १ दमौलीका ५० वर्षीय बलबहादुर राईको मृत्यु भएको हो । पछाडी सवार राईकी छोरी १५ वर्षीया सोनी रार्इको उपचार भइरहेको वडा प्रहरी कार्यालय बगर कास्कीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्