समाचार

सिलिण्डर पड्केर आगलागी हुँदा तीन जनाको मृत्यु



काठमाडौँ, ६ असोज । बूढानीलकण्ठ नगरपालिका–१० स्थित इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको जनाइएको छ । घरको माथिल्लो तलामा रहेकाको भने उद्धार गरिएको छ ।

राम मन्दिरनजिकै रहेको ट्रेकिङ एजेन्सी कार्यालयमा रहेको अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको बताइएको छ । आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक पहिचान समाचार तयार पार्दासम्म हुन सकेको थिएन । घटनास्थल साँघुरो गल्ली भएका कारण दमकल जानसमेत अप्ठ्यारो हुने किसिमको छ ।