लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न कार्यदल गठन गरेको छ ।
लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल छन् । मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा लोसपाले एमाले लगायतका दलसँग सहकार्यका लागि वार्ता गर्ने जनाएको छ । सत्ता गठबन्धनसँग तालमेलको सम्भावना सकिदै गएको लोसपाले जनाएको छ ।
नागरिकता विधेयकमा सैद्धान्तिक रूपमा फरक भए पनि चुनावी तालमेलसँग यो विषय जोड्न नहुने लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णको भनाई छ । उनले पनि एमालेसँगनै आफूहरूले चुनावी तालमेल हुनेर यसका लागि प्रयास भइरहेको बताए ।










प्रतिक्रिया दिनुहोस्