भक्तपुर, ९ असोज । सामाजिक उत्तरदायीत्व पुरा गर्ने क्रममा काठमाडौँ उपत्यकाको फोहोर संकलन तथा व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी लिएको नेप्सेम्याक सेवा प्रा.लि.ले पछिल्लो समय भक्तपुर जिल्लामा ५० वटा भन्दा बढी टोलमा सरसफाई अभियान सम्पन्न गरेको छ ।
जिल्लाको सूर्यविनायक, मध्यपुर थिमी तथा चाँगुनारायण नगरपालिका क्षेत्रभित्रका ५० भन्दा बढी टोलहरुमा सरसफाई अभियान सञ्चालन गरी उक्त स्थानबाट संकलित फोहोरलाई बञ्चरेडाँडा ल्याण्ड फिल्डमा पुर्याई फाहोर व्यवस्थापन गरेको नेप्सेम्याक भक्तपुरका कार्यक्रम संयोजक गोविन्दप्रसाद आचार्यले जानकारी दिनुभयो । उक्त संस्थाले एकै दिन हिजोमात्र ९ वटा टोलहरुमा सरसफाई अभियान सञ्चालन गरेको छ । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण मिजार, संस्थाका कर्मचारी तथा टोलवासीहरुको सहभागिता रहेको थियो ।
जिल्लाको वातावरणलाई स्वच्छ राख्नुमात्र नभई हाल महामारिको रुपमा फैलिन थालेको डेंगु रोगको रोकथाम तथा नियन्त्रणको लागि समेत उक्त अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको टोलवासीको बुझाई रहेको छ । संस्थाका कर्मचारी र स्थानीयवासीको सहकार्यमा नेपालमा मनाईने विभिन्न प्रकारका चाडपर्वहरु लक्षित नेप्सेम्याकले उक्त अभियान सञ्चालन गरेको संयोजक आचार्यले बताउनुभयो ।
नेप्सेम्याकको सफाई अभियानले नगरपालिकाको वातावरणीय स्वच्छतालाई उत्कृष्ट बनाउनेमात्र नभई नगरपालिकाको वातावरणीय खर्च समेत जोगाएको संस्थाको दावी रहेको छ । संस्थाले दशैं तिहार पछि लगत्तै फोहोर वर्गिकरणको कार्य समेत शुरु गर्ने तयारी गरिरहेको भक्तपुर शाखाका प्रवन्धक बाबुराम चौलागाईले बताउनुभयो । नगरपालिकाको सहकार्य तथा संस्थाको सदस्यबाट संकलित रकमबाट कर्मचारीको व्यवस्थापन गरी सुन्दर शहर निर्माणको महत्वपूर्ण जिम्मेवारी लिएको नेप्सेम्याकले आगामी दिनमा अझ बढि व्यवस्थित र प्रभावरकारी ढंगले अगाडी बढ्ने तयारी गरिरहेका प्रवन्धक चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले आफ्ना सदस्यबाट स्वेच्छिक रुपमा थप एक महिनाको रकम लिन अनुरोध गरेको बताउनुभयो । उक्त रकम चाडपर्वको समयमा समेत निरन्तर फोहोर संकलन गर्न खटिने कर्मचारीलाई प्रोत्साहन स्वरुप दिने गरेको स्पष्ट पार्नुभयो ।










प्रतिक्रिया दिनुहोस्