समाचार

दुर्घटनामा एकजनाको मृत्यु



दाङ, १० असोज । दाङको लमही नगरपालिका–७ मा दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग किनारमा भएको दुर्घटनामा लमही नगरपालिका ७ का अन्दाजी ५० वर्षीय लिलाराम चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यस भएको हो । उनलाई ठक्कर दिने सवारीसाधन नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।