काठमाडौँ, ११ असोज । नेपालीको महान चाड बडादसैँको आज दोस्रो दिन, देवीमन्दिर तथा शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरी मनाइँदै छ ।
ब्रह्मचारिणीदेवीलाई बह्म विद्या शक्तिकी माताको रुपमा पूजा गर्ने प्रचलन छ । आज पनि देवी मन्दिरहरूमा पूजा गर्नेको भीड लागेको छ ।
ब्रहमचारिणीदेवीको पूना गर्नाले ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रमा उल्लेख छ । ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक मानिन्छ ।










प्रतिक्रिया दिनुहोस्