काठमाडौँ, १६ असोज । काठमाडौँको बालकुमारी पुलमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार हिजो बेलुका करिब सवा ८ बजे पैदल हिँडिरहेका २८ वर्षीय युवकलाई बा१झ ८१७ नम्बरको जीपले ठक्कर दिएको हो । युवकको सनाखत हुन बाँकी छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको हो । घटनापछि फरार भएका जीप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्