राजनीति

राष्ट्रिय नागरिक र पुनर्जागरण पार्टीबीच चुनावी एकता



काठमाडौँ, १७ असोज । राष्ट्रिय नागरिक पार्टी र पुनर्जागरण पार्टी नेपालबीच चुनावी एकता घोषणा भएको छ ।

आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दुवै पार्टीले एकता घोषणा गरेका हुन् । दुवै दल समानुपातिक र प्रत्यक्षतर्फ साझा चुनाव चिन्ह मैनबत्ती लिएर जाने घोषणा समेत भएको छ । पुनर्जागरण पार्टी नेपालका अध्यक्ष श्यामबाबु गौतम र राष्ट्रिय नागरिक पार्टीका महामन्त्री वि.वि. थापाले संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत चुनावी एकताबारे जानकारी गराएका हुन् ।

दुवैले बागमती प्रदेशलाई केन्द्रित गरेर ६६ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार उठाउने जानकारी समेत दिए ।