Banner News

राष्ट्रपति भण्डारीद्वारा नवदुर्गादेवीको पूजाआराधना



काठमाडौँ, १८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको नवौं दिन महानवमीमा नवदुर्गादेवीको पूजा आराधाना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणासहित टीका लगाएर नवदुर्गादेवीको पूजा आराधना गरेकी हुन् ।

यसैक्रममा उनले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिएकी थिइन् । कन्याहरुलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्न पनि आग्रह गरेकी थिइन् ।