समाचार

३१ हजार भन्दा धेरैमा डेङ्गु संक्रमण पुष्टि



काठमाडौँ, १८ असोज । डेङ्गुका संक्रमितको संख्या ३१ हजार नाघेको छ । डेङ्गुका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गु भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । पानी परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।