राजनीति

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै



काठमाडौँ, १९ असोज । सिट बाँडफाँटको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ ।

पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि बुधबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सिट बाँडफाँटका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् ।

केही क्षेत्रमा दोहोरो दाबी भएकाले सहमति जुटाउन जटिल भइरहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । राष्ट्रिय पार्टी बन्नका लागि सबै क्षेत्रमा आफ्नो उपस्थिति हुनुपर्ने जसपाको माग छ । जसपाले गठबन्धन भन्दा बाहिर पनि तालमेलको विकल्प खोज्ने निर्णय गरेको छ । उसको माग गठबन्धनभित्र अझै पनि सम्बोधन नभएको पौडेलले बताए ।