समाचार

नारायणीमा जलसतह सतर्कता तह नजिक



काठमाडौँ, २० असोज । नारायणी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ । देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि.) नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेको छ । जलाधारमा थप वर्षा हुने पूर्वानुमान रहेको विभागले जनाएको छ ।