Banner News

आज पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्दै



काठमाडौँ, २१ असोज । आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।

नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । तर, अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ ।