समाचार

डेंगी संक्रमितको संख्या ३२ हजार नाघ्यो



काठमाडौँ, २१ असोज । देशभरका ७६ जिल्लामा फैलिएको डेंगीबाट साउनयता मात्र ३२ हजार १२१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् ।

त्यस्तै नेपालमा यस वर्ष डेंगी संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।