अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २३ असोज । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ३ हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।