काठमाडौँ, २३ असोज । आज सेयर बजारमा हरियाली छाएको छ । आइतबारदेखि खुलेको सेयर बजार परिसूचक नेप्से २.४१ प्रतिशतले वृद्धि भएको छ ।
आइतबार बजार परिसूचक नेप्से ४४.६२ अंकले वृद्धि हुँदा १८९८.३८ अंकमा बन्द भएको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.७८ अंकले वृद्धि भएर ३७२.२१ अंकमा बन्द भएको छ ।
आइतबार नेप्सेमा १३ वटै उपसूचकमा हरियाली छाउँदा वित्त कम्पनी र विकास बैंक उपसूचक साढे ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्सेमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकम भने १ अर्ब पनि पुगेन ।
आइतबार नेप्सेमा २५ लाख ३३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६८ लाख ७३ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक २२ करोड ६९ लाख ८२ हजारको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ३ करोड ५१ लाख ९८ हजार र हिमालयन डिस्टिलरीको २ करोड ३१ लाख ४५ हजारको कारोबार भएको छ ।










प्रतिक्रिया दिनुहोस्