समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



कञ्चनपुर, २४ असोज । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बेलौरी नगरपालिका–१ फाटियाका ५२ वर्षीय पुरनसिंह पन्तको करेन्ट लागेर मृत्यु भएको हो ।

सर्भिस-तारमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोस्टमर्टमका लागि महाकाली अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।