काठमाडौँ, २४ असोज । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ८ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्