काठमाडौँ, २४ असोज । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो ।
कतारको दोहाबाट बिहीबार बिहान काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै उनी पक्राउ परेका थिए ।










प्रतिक्रिया दिनुहोस्