समाचार

करेन्ट लागेर दुई जनाको मृत्यु



पर्सा, २५ असोज । पर्साको वीरगञ्जमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार धोबिनी गाउँपालिका–३ घर भएका ३० वर्षीय सैफुल्ला अन्सारी र वीरगञ्ज महानगर–९ रानिघाट घर भएका ६० वर्षीय ध्रुव प्रसाद शाह छन् ।

वीरगञ्ज महानगरपालिका–२६ मा घर प्लाष्टर गरिरहेका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको हो । ६० वर्षीय शाहलाई घरको छाना सफा गर्ने क्रममा करेन्ट लागेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।