राजनीति

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच बिदाइ भेट



काठमाडौँ, २५ असोज । आज प्रधान सेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सयद हैदर साहबीच जङ्गी अड्‍डामा भेटघाट भएको छ ।

पाकिस्तानका राजदूत साहले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटघाट भएको हो । उक्त भेटघाटमा प्रधान सेनापति शर्माले राजदूत साहले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना समेत दिएका थिए ।