काठमाडौँ, २६ असोज । नेप्से परिसूचक अज दोहोरो अंकले वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से ११.३६ अंकले वृद्धि भएर १८६६.५२ अंकमा बन्द भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४८ अंकले वृद्धि भएर ३६६.११ अंकमा बनद भएको छ ।
बुधबार बजारमा २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदा ६९ करोड १७ लाख ३८ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको २ करोड ४० लाख १२ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको २ करोड २ लाख ६४ हजार र एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर १ करोड ८९ लाख ७७ हजारको किनबेच भएको छ ।
बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर किनबेच भएकोमा १४० कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ३९ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर छ । जसमध्ये अभियान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा महुली लघुवित्तको सेयर मूल्य ५.५१ प्रतिशत र प्रोग्रसिभ फाइनान्सको सेयर मूल्य ५.३५ प्रतिशतले वृद्धि भएको छ ।










प्रतिक्रिया दिनुहोस्