काठमाडौँ, २६ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी दिनुमा सत्ता गठबन्धनसँगको साँठगाँठको षडयन्त्र भएको बताएका छन् ।
महासचिव पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो । उक्त सहमति पश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नुभो । निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो ।’ ‘राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठवन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साठगाँठ नै हो’ ‘रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा९एमाले० र जसपा बीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ ।’
रौतहटका जनताले षडयन्त्रलाई राम्ररी बुझेको भन्दै उनले एमाले–जसपाबीचको तालमेल सफल बनाउनुपर्ने बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्