समाचार

जीप दुर्घटना: १ जनाको मृत्यु, ३ जना घाइते



दाङ, २६ असोज । बाँकेमा टाटासुमो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाग्मती प्रदेश ०१–०२८ च ००४४ नम्बरको जीप बुधबार विहान सवा ७ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर बाँकेको राप्ती सोनारी गाउँपालिका–२ झुरीखोलामा दुर्घटना हुदा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको हो । उनी चालक हुन् ।

घाइते भएका तीन जनामध्ये वीरन्द्रनगर नगरपालिका–७ का २२ वर्षीय शिसिर ज्ञावलीको अवस्था गम्भीर रहेको छ । त्यस्तै अन्य घाइते हुनेहरुमा मृतक खतिवडाका दुई छोरी १६ वर्षीया रञ्जना र २३ वर्षीया सुमिता खतिवडा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको र तीनै जनाको अहिले घोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।