रौतहट, २७ असोज । रौतहटबाट नौ लाखभन्दा बाढी अवैध रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार भारतको बिहार सीतामढी जिल्ला बैरगनिया-६ का ३६ वर्षीय राजकुमार भगतलाई ९ लाख ६४ हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।
बुधबार दिउँसो जिल्ला प्रहरीबाट खटिएको प्रहरी गस्ती टोलीले गौर १ ट्रसमिटर चोकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गरिरहेको थियो । सोही क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रुपैयाँ फेला परेको हो ।बरामद रुपैयाँ र मोटरसाइकलसहित राज कुमार भगतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्