काठमाडौँ, २७ असोज । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदावी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।
सत्ता गठबन्धनको भागवण्डामा रौतहट ३ माओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन् । पटेलजीलाई राजनीतिक रुपमा सम्झाएर प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनाएका छन ।










प्रतिक्रिया दिनुहोस्