अर्थ

परिसूचक नेप्से आज पनि बढ्यो



काठमाडौँ, २७ असोज । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि बढेको छ । आज बजार ४.१५ अंकले बढ्यो । बजार १८७०.६३ बिन्दुमा पुगेको छ । कारोबार रकम भने बिहीबार समेत बढ्न सकेन ।

बिहीबार कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ भएको छ । बिहीबार जलविद्युत् उपसमूहबाट अन्य उपसमूह हरियाली रहे ।

सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाए । अभियान लघुवित्तमा लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लाग्दै मूल्य ६६७.९० रुपैयाँ पुग्यो । रुरु जलविद्युत् परियोजना, सामुदायिक लघुवित्त, शिवमः सबैको लुघवित्तसहितका कम्पनीको मूल्य धेरै बढ्नेमा रह्यो ।