समाचार

अरिङ्गालले टोकेर एक जनाको मृत्यु



मकवानपुर, २७ असोज । मकवानपुरमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर–६ पारिबजार बस्ने ६२ वर्षीय कृष्णबहादुर स्याङतानको अरिङ्गालको टोकेर मृत्यु भएको हो । अरिङ्गालले टोकेर घाइते भएका उनको उपचारको क्रममा बकुलहर अस्पतालमा बुधबार राति मृत्यु भएको हो ।

स्याङतानलाई सोही वडाको कापडाडास्थित जंगलमा गोरु चराउने क्रममा कालो अरिङ्गालले टोकेको र उपचारको लागी भीमफेदी स्वास्थ चौकीमा ल्याएको थियो । भीमफेदीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि हेटौडा अस्पताल पठाइएको र हेटौंडा अस्पतालमा पनि उपचार सम्भव नभएपछि चितवनको टाडी स्थित बकुलहर अस्पताल पठाइएको थियो ।