राजनीति

आठ जनाको उम्मेदवारमाथि भ्रष्टाचारदेखि जघन्य अपराधको अभियोग



काठमाडौँ, २८ असोज । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार दिएका नेपाली काग्रेसका उम्मेदवार विजयकुमार गच्छदारदेखि स्वतन्त्र उम्मेदवार दिएका प्रभु साहसहित आठ जनाको उमेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।

निर्वाचन आयोगमा उजुरी परेकाको हकमा उम्मेदवारी खारेज भए पनि उजुरी नपरेकाहरूको हकमा कायम रहेको छ । विगतमा भ्रष्टाचार, जघन्य अपराधमा मुछिएकाहरूले योपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार दिएका थिए । तर, निर्वाचन आयोगमा उजुरी नपर्दा उम्मेदवार कायम रहेपछि अधिवक्ता अनिल आचार्यले विवादमा तानिएका आठ जनाविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै रिट दिएका छन् ।

आचार्यले उम्मेदवारी मनोनयनको विषय सार्वजनिक सरोकारको विषय भएको भन्दै विवादित व्यक्तिहरूको उम्मेदवारी खारेजको माग गर्दै रिट दिएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।