समाचार

सवारी दुर्घटनामा दुईजनाको मृत्यु



काठमाडौँ, २८ असोज । कैलाली र बाँकेमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय दुर्गा ओझा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १७ परस्पुरमा गएराति मोटरसाइकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका १ का २५ वर्षीय राजेश यादब छन् । नेपालगञ्जबाट घरतर्फ जाँदै गरेका यादबले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल गएराति पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सााईगाउँ बाँकेले जनाएको छ ।