काठमाडौँ, २८ असोज । पशुपतिनाथमा भक्तजनले चढाएका सामग्रीको बिक्री सुरु गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ मन्दिरमा भक्तजनले अर्पण गरेका गहना, लत्ताकपडालगायत जिन्सी सामग्रीलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो ।
कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री सुरु गर्न थालेको जनाएको छ । भक्तजनले श्रद्धाले चढाएका सामग्रीलाई सुरुमा कोषको गणना कक्षमा आम्दानीको रुपमा दाखिला गरिने र सोही सामग्रीहरु बिक्री कक्षमार्फत बिक्री गरिने छ । खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्