काठमाडौँ, ३० असोज । शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ ।
१०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ ।
जोशीले यसअघि नै आफ्नो शरीर नजलाई अध्ययनका लागि राख्न भनेका थिए । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार जोशीका दुई छोराले नै बुबाको इच्छाअनुसार शरीर दान गर्ने बताएका थिए । अब अध्ययनका लागि उनको शव किस्ट मेडिकल कलेजमै राखिनेछ । केही समय भने उनको शरीरलाई अन्तिम दर्शनको निम्ति अस्पताल परिसरमै राख्ने तयारी भएको छ ।










प्रतिक्रिया दिनुहोस्